कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री देउवा डडेलधुराबाट निर्वाचित 

काठमाडौँ — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् ।

प्रधानमन्त्री देउवा डडेलधुराबाट निर्वाचित 

उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले पराजित गरेका हुन् । पराजित सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् ।

देउवा २०४८ को संसदीय निर्वाचन, मध्यावधिनिर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा डडेलधुराबाट निर्वाचित भएका थिए । संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा पनि डडेल्धुराबाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि डडेलधुराबाट उनी भारी मतका साथ निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर ७, २०७९ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?