कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

मोरङ ५(१) : सत्ता गठबन्धनबाट कांग्रेसका गयानन्द निर्वाचित

देवनारायण साह

(मोरङ) — सत्ता गठबन्धन दलले मोरङमा प्रदेशसभा सदस्यमा जित निकाल्दै खाता खोलेको छ । मोरङ ५(१) मा सत्ता गठबन्धन दल कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले ५ हजार ४४१ मतान्तरले विजयी भएका छन् ।

मोरङ ५(१) : सत्ता गठबन्धनबाट कांग्रेसका गयानन्द निर्वाचित

तर निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा विजयी घोषणा गर्न बाँकी छ ।

गयानन्दले १४ हजार ८४३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सन्तोषकुमार साहले ९ हजार ४०२ मत प्राप्त गरे ।

मोरङ क्षेत्र ५ का निर्वाचन अधिकृत गणेश नायकले निर्वाचन क्षेत्र ५(१) को मत गणना सम्पन्न भएको बताए । उनले मत गणना सम्पन्न भए पनि समानुपातिकतर्फको मत पेटिकामा प्रत्यक्षतर्फको मत मतदाताले भूलवस खसाएको हुन सक्ने भएकाले त्यसको पनि गणना सम्पन्न भएपछि मात्रै विजयी घोषणा गर्ने बताए ।

गयानन्द दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।

यसपटकको निर्वाचनमा उनको नाम पार्टीले प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको थियो । तर दलीय गठबन्धनमा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेकाले पार्टीको आग्रहमा उनी प्रदेशसभामा उम्मेदवारी दिएका थिए । उनी कांग्रेसका महासमिति सदस्य हुन् ।

प्रकाशित : मंसिर ६, २०७९ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×