कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलको अग्रता

काठमाडौँ — रुपन्देही २ मा नेकपा एमाले उम्मेदवार विष्णु पौडेलले पहिलो पटक अग्रता कायम गरेका छन् । एमाले उपाध्यक्ष समेत रहेका पौडेलले ५ हजार ३११ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेलमाथि १ सय ७५ मतान्तर बनाएका हुन् ।

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलको अग्रता

पौडेलले ५ हजार १५३ मत ल्याएका छन् । विष्णु पौडेलले सो क्षेत्रका निर्वतमान सांसद हुन् ।

सत्तारुढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवा केशवबहादुर थापा मगरले ३ हजार ९६० मत प्राप्त गरेका छन् । रुपन्देही जिल्लामा एमाले र राप्रपाबीच चुनावी तालमेल गरेको छ ।

रुपन्देही १ को एमाले सचिव छवीलाल विश्वकर्मा, रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा, रुपन्देही ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ल र रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरेको अग्रता छ ।

प्रकाशित : मंसिर ६, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?