कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

प्रदेश १ : प्रदेशसभामा सत्ता गठबन्धन २० र एमाले १५ क्षेत्रमा अगाडि

देवनारायण यादव

मोरङ — प्रदेश १ मा ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये मतगणना भइरहेका ३६ क्षेत्रमध्ये सत्ता गठबन्धनको २०, एमालेको १५ र राप्रपाको एउटा क्षेत्रमा अग्रता रहेको छ ।

प्रदेश १ : प्रदेशसभामा सत्ता गठबन्धन २० र एमाले १५ क्षेत्रमा अगाडि

पहिलो प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको बलमा ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३६ र माओवादी केन्द्रले ११ गरी ४७ वटा क्षेत्रमा जितेका थिए । कांग्रेसले ८ र तत्कालीन संघीय समाजवादी फोरमले एउटा क्षेत्रमा चित बुझाएका थिए ।

यसपटकको निर्वाचनमा मंगलबार साँझ ६ : ३० बजेसम्मको मत परिणाम अनुसार सत्ता गठबन्धन दलमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६ र नेकपा (एकीकृत समाजवादी)ले ४, एमालेले १५ र राप्रपाले एउटा क्षेत्रमा अग्रता लिएका छन् ।

मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सचिव राजेन्द्रकुमार राईले भोजपुर १(१) मा ४ हजार ३८६ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी एमालेका हरीबहादुर राईले २ हजार ५७३ मत ल्याएर पछयाइरहेका हुन् । यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ४ हजार ५१९ मत ल्याउँदा उनका मुख्य प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङले ३ हजार ६५५ मत ल्याएर पछयाइरहेका छन् ।

यस्तै, पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी)की खिनुलङ्वा लिम्बुले ४ हजार ११२ मत ल्याउँदा उनका मुख्य प्रतिस्पर्धी एमालेकी शोभा पराजुलीले ३ हजार ३५६ मत ल्याएर पछयाइरहेकी छन् ।

मोरङ ५(१) मा कांग्रेसका गयानन्द मण्डल जित नजकि पुगेका छन् । १५ प्रतिशत मत गणना गर्न बाँकी रहँदासम्ममा उनले १३ हजार ६५ मत ल्याउँदा उनका मुख्य प्रतिस्पर्धी एमालेका सन्तोषकुमार साहले ८ हजार ३२२ मत ल्याएर पछयाइरहेका छन् । यस प्रदेशस्थित जिल्लाहरुमध्ये सबभन्दा बढी प्रदेशसभा निर्वाचन क्षेत्र १२ वटा रहेको मोरङमा १(१), २(२) र ६(१) मा एमाले, २(१) मा माओवादी केन्द्र, ३(१), ४(१) र ५(१) मा कांग्रेसले अग्रता लिएको र अन्यको गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले बताए ।

प्रकाशित : मंसिर ६, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?