कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पश्चिम नवलपरासीमा राप्रपा र रास्वपाको अग्रता

कांग्रेसका विनोद चौधरी र एमालेको समर्थनमा जनता प्रगतिशील पार्टीबाट उम्मेदवारी दिएका पूर्वमन्त्री हृदयश त्रिपाठी पछाडि परेका छन् ।
नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा जारी मतगणनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले अग्रता लिएका छन् ।

पश्चिम नवलपरासीमा राप्रपा र रास्वपाको अग्रता

ठकुरीले नेपाली कांग्रेसका विनोद चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीलाई पछाडि पार्दै घण्टी चुनाव चिह्नमा ७ हजार ३ सय ९१ प्राप्त गरेका छन् ।

यस्तै सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीले ६ हजार ८ सय ९० मत प्राप्त गरेका छन् भने नेकपा एमालेको सर्मथनमा उम्मेदवारी दिएका हृदयश त्रिपाठीले ५ हजार ५ सय ८९ मत पाएका छन् । यस क्षेत्रमा ८४ हजार २ सय २९ मत खसेको थियो ।

सो क्षेत्रमा प्रदेशसभा (१) मा नेकपा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको थियो । क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी संघ तथा प्रदेश दुवै निर्वाचन क्षेत्रमा अन्य पार्टीभन्दा फराकिलो मतान्तरले अगाडि छ ।

प्रतिनिधिसभातर्फ राप्रपाका धुव्र बहादुर प्रधान अगाडि छन् । राप्रपाले ८ हजार ३ सय ७१, कांग्रेसले ३ हजार ३ सय ३७ र एमालेका दिपेन्द्र कुमार अधिकारीले २ हजार ३ सय १५ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ९ सय ६६, जनमत पार्टीले ८ सय ७०, नागरिक उन्मुक्ति पार्टीले ८ सय ३६ मत पाएका छन् । निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यतर्फ १७ हजार ६ सय ८७ मतगणना भएको छ भने ६ सय २० मत बदर भएको छ ।

यस्तै प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ को (१) तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीकै अग्रता रहेको छ । राप्रपाले ५ हजार ६ सय ३६, नागरिक उन्मुक्ति पार्टीले २ हजार ७ सय ७२, पानीको धारा चिह्नका उम्मेदवराले २ हजार ५ सय ५४, लोकतान्त्रिक समाजवादी पार्टीले २ हजार १ सय ४५, नेकपा माओवादीले १ हजार ९७ मत पाएका छन् । प्रदेशसभा २ को (१) मा १७ हजार ९ सय ३७ मत गन्दा १ हजार ४१ मत बदर भएको छ ।

प्रकाशित : मंसिर ६, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?