कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोट १ मा २ मतले माओवादीका उम्मेदवार अगाडि 

काठमाडौँ — नुवाकोट क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ प्रतिस्पर्धीभन्दा जम्मा दुई मतले अगाडि परेका छन् । एमालेका उम्मेदवार बद्री मैनालीले सुरुदेखि अग्रता लिए पनि पछिल्लो समयमा माओवादीका तामाङले २ मतले उछिनेका हुन् ।

नुवाकोट १ मा २ मतले माओवादीका उम्मेदवार अगाडि 

साँझ ६ बजेसम्मको मतपरिणाम अनुसार माओवादीका तामाङले ३ हजार ७९५ मत ल्याएका छन् भने एमालेका मैनालीले ३ हजार ७९३ मत ल्याएका छन् । तादीगाउँपालिका भवनमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रद्युम्न महत क्षेत्रीले १ हजार ४४ मत पाएर तेस्रो र राप्रपाका सुदर्शन सिटौलाले २०८ मत पाएर चौथो स्थानमा छन् ।


प्रकाशित : मंसिर ६, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?