गुल्मी २ : गोकर्ण विष्टलाई २ हजार मतको अग्रता


काठमाडौँ — गुल्मी क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टले अग्रता लिएका छन् । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ५२ मतले पछि पार्दै विष्टले आग्रता लिइरहेका छन् ।

विष्टले १२ हजार ४३७ मत ल्याएका छन् भने झाँक्रीले १० हजार ३८५ मत पाएकी छन् ।
यस्तै, राप्रपाका युवराज घिमिरेले १८४ मत ल्याएका छन् ।
प्रकाशित : मंसिर ६, २०७९ १८:०४