१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

तेह्रथुममा मुख्य निर्वाचन अधिकृतद्वारा मतगणना परिसरमा जान पत्रकारलाई रोक

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुममा मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले मतगणना परिसरमा प्रवेश गर्न जिल्लाका पत्रकारहरुलाई रोक लगाएका छन् । यसअघि प्रकाशित समाचारका विषयमा असन्तृष्टि जनाउँदै पोखरेलले जिल्लाका सबै पत्रकारलाई मतगणना परिसरसम्म जान पनि रोक लगाएका हुन् ।

तेह्रथुममा मुख्य निर्वाचन अधिकृतद्वारा मतगणना परिसरमा जान पत्रकारलाई रोक

सोमबार कान्तिपुरसहित विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयलाई लिएर मुख्य निर्वाचन अधिकृत पोखरेलले आफूलाई मिडियाले सहयोग नगरेको भन्दै समाचार संकलनमै रोक लगाएका छन् ।

सदरमुकाम म्याङलुङको सिंहवाहिनी माविमा अपरान्ह २ : ५० बजेबाट मतगणना भइरहेको छ । आइतबार सम्पन्न निर्वाचनमा छथर गाउँपालिका-१ वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रदेशसभा सदस्यको मतपत्र नदिई कर्मचारीले प्रतिनिधिसभा सदस्यतर्फको मतपत्र दिएको खुलेको थियो । त्यसपछि राजनीतिक दल, उम्मेदवार र मुख्य निर्वाचन अधिकृतको कार्यालयबीच विवाद सिर्जना भएको थियो ।

सो मतदान केन्द्रमा कर्मचारीको लापरबाहीका कारण मतपत्र साटफेर भएको थियो । कर्मचारीले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशको र प्रदेशको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको मतपत्र दिएको खुलेको थियो । त्यही विषय थाहा पाएपछि राजनीतिक दलहरुले पुन: मतदानको माग गरेका थिए । जिल्लाबाट पुन मतदान गर्न माग भएकोमा निर्वाचन आयोगले पुन मतदान नगरी दलीय सहमति जुटाएर मतगणना गराउन निर्देशन दिएको थियो ।

पत्रकारहरुलाई निषेध गरेको विषयमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले विज्ञप्तिमार्फत् भत्सर्ना गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका पक्षधर पत्रकार, संचारकर्मीहरुलाई मतगणना परिसरमा लगाएको रोकको विरोध गर्दै महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लाका सञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित सरल र सहजढंगबाट मतगणनाको समाचार संकलन र संप्रेषण गर्ने वातावरण सृजना गरिदिन निर्वाचन आयोग समक्ष महासंघले माग गरेको छ ।No description available.

प्रकाशित : मंसिर ६, २०७९ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?