चन्द्र कार्की

बन्दाले जोड्यो खेतबारी

डेढ दशकअघि बन्दा खेती सुरु गर्दा धनकुटाको महालक्ष्मी नगरपालिका १ का ४४ वर्षीय किसान टेकबहादुर गुरुङसँग एक गह्रा बारी थियो । बन्दाको व्यावसायिक खेती सुरु गरेको डेढ दशकमा गुरुङले १ करोड ५० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेका छन् ।

पकेट क्षेत्रमै फलेन कागती

पाँचथरको कुम्मायक गाउँपालिका ५ स्याबरुम्बाका किसान लीलाराज थापाले गत वर्ष कागती बेचेर २ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गरे । अन्न फल्ने खेत मासेर कागती लगाएका थापा यो आम्दानीले खुसी थिए ।

बाढीपहिरोले मुहान पुरिए, खानेपानी समस्या

बाढीपहिरोका कारण सिद्धिचरण राजमार्गको माथिल्लो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्गको मिर्चैया–कटारी, कटारी–बेतीनी खण्ड आंशिक रूपमा सुचारु पनि बेतेनी/घुर्मी खण्ड अवरुद्ध भएको हो ।

पहिरोले वसन्तपुर-म्याङलुङ सडक अवरुद्ध

अविरल वर्षाको कारण जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । पहिरो खस्दा वसन्तपुर म्याङलुङ सडक खण्डको काँडेमा सडक शुक्रबारदेखि अवरुद्ध छ ।

तमोर पुलमा कमसल सामग्री प्रयोग

पाँचथर र तेह्रथुम जोड्न तमोर नदीमाथि निर्माणाधीन पक्की पुलमा कमसल सामग्री प्रयोग गरिएको पाइएको छ । जनप्रतिनिधिले स्थलगत अनुगमनपछि लुम्बुघाटमा निर्माणाधीन पुलमा गुणस्तरीय सामान प्रयोग गर्न निर्देशन दिएका थिए ।

चन्द्र कार्कीका लेखहरु :

सुख्खा क्षेत्रमा खानेपानी योजना

सरकारले पाँचथरको सुख्खाग्रस्त क्षेत्रका स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउन तयारी थालेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वडाका २२ हजार ७० जनसंख्यालाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएर काम अघि बढाएको हो । 

जनता आवास कार्यक्रम : ४७ हजार घर अलपत्र

संघीय सरकारले बजेट उपलब्ध नगराउँदा विपन्नका लागि घर निर्माण गर्ने ‘जनता आवास कार्यक्रम’ अलपत्र परेको छ । सरकारी बेवास्ताका कारण घर निर्माण सकेकाहरूले समेत रकम पाउन सकेका छैनन् ।

लालपुर्जा वितरण गर्न आयोग

चार दशकदेखि लालपुर्जाविहीन छथर गाउँपालिका केन्द्र शुक्रबारे बजारलाई व्यवस्थित बनाउन गाउँपालिकाले स्थानीय स्तरमै आयोग गठनको तयारी थालेको छ । लालपुर्जाविहीन बजारका घरलाई व्यवस्थित गरी करको दायरामा ल्याउन गाउँपालिकाकाले आयोग गठनको तयारी थालेको हो । बजार क्षेत्रका ३ सयभन्दा बढी घर लालपुर्जाविहीन छन् ।

शुक्रबारेमा राखिँदै घण्टैपिच्छे बज्ने मौलिक धुनसहितको घडी

च्याब्रुङकै धुनमा घण्टैपिच्छे बज्ने घडी । घडीको आकार पनि च्याब्रुङकै । लिम्बू जातिको संस्कृति बोक्ने च्याब्रुङ घर (केपाङ) नै बन्दै छ छथर गाउँपालिकाको केन्द्र शुक्रबारेमा । त्यहींबाट आसपासका गाउँ–टोल सबैले थाहा पाउने गरी घण्टैपिच्छे बज्ने मौलिक धुनसहितको घडी पनि राख्न लागिएको हो ।

पुल निर्माणमा ढिलासुस्ती

मध्यपहाडी लोकमार्गको म्याङलुङ्ग–संक्रान्ती सडक खण्डका दुई खोलामा ठेकेदारले निर्धारित समयमा पुल निर्माण नगर्दा सदरमुकाम आउजाउमा समस्या भएको छ । खोरुंगा र कोया खोलामा पुन बनाउने ठेक्का सम्झौता भए पनि हालसम्म नबनेको हो ।