रसुवा १(१) मा कांग्रेसका तामाङ पुनः निर्वाचित- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

रसुवा १(१) मा कांग्रेसका तामाङ पुनः निर्वाचित

बलराम घिमिरे

रसुवा — रसुवा जिल्ला प्रदेश सभा सदस्य क्षेत्र नम्बर १(१) मा नेपाली कांग्रेसका प्रभात तामाङ पुनः विजयी भएका छन् ।

तामाङ ८ हजार १ सय ८६ मतसहित दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कूलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् । प्रभात तामाङ २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर ६, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्

रसुवामा कांग्रेसले मतान्तर बढाउँदै 

बलराम घिमिरे

रसुवा — एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा मतगणना जारी रहेको छ । जारी गणनाको पछिल्लो परिणामअनुसार  नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले फराकिलो मतान्तर बढाउँदै लगेका छन् ।

१२ हजार ४ सय ११ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले ७ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् । नेकापा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङले ४ हजार ८७ मत प्राप्त गरेको गरेर कांग्रेसका उम्मेदवारलाई पछ्याइरहेका छन् ।

एक प्रतिनिधि र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा अस्थायी र स्थायी गरी ३६ मतदानस्थल र ५४ वटा मतदान केन्द्र रहेको छ । रसुवामा ३९ हजार ४ सय ५९ मतदाता रहेका छन् । जसमध्ये महिला १९ हजार ३ सय ४० पुरुष २० हजार १ सय १८ र अन्य १ जना रहेका छन ।

प्रकाशित : मंसिर ६, २०७९ १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×