२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बझाङमा तीन दिनपछि मतगणना सुरु

वसन्तप्रताप सिंह

बझाङ — बझाङमा मतदान भएको तीन दिनपछि मतगणना कार्य सुरू भएको छ । साईपाल गाउँपालिकाकाे मतपेटिका सदरमुकाम ल्याउन ढिला भएपछि मतगणना कार्य प्रभावित भएको थियो ।

बझाङमा तीन दिनपछि मतगणना सुरु

मंगलबार हेलिकप्टर मार्फत मतपेटिका ढुवानी गरिएपछि दिउँसाे ४ बजेबाट सदरमुकाम मतगणना कार्य सुरू भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यकाे ४ ठाँउमा र प्रदेशसभा सदस्यकाे ४ ठाउँ गरी ८ ठाँउमा मतगणना सुरू गरिएको छ । बझाङमा ६३ हजार ४८९ मत खसेकाे छ । याे कुल मतकाे ५२ प्रतिशत रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । पहिलाे मतगणना साईपाल गाउँपालिका र विथ्थडचिर गाउँपालिकाबाट सुरू भएको छ ।

प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीबाट सत्ता गठबन्धनका साझा उम्मेदवार भानुभक्त जाेशी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका ऐन महर रहेका छन् । यस्तै राप्रपाबाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जाेशी रहेका छन् ।

प्रदेशसभाकाे लागि निर्वाचन क्षेत्र नं १ मा गबन्धनका तर्फबाट नेपाली काङग्रेसका पृथ्वी बहादुर सिंह र एमालेका अफिलाल ओखेडाबीच मुख्य प्रतिस्पर्धा छ भने क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भिम भण्डारी, एमालेका लालबहादुर रावल र राप्रपाका वीरेन्द्र मल्लबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

प्रकाशित : मंसिर ६, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?