कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गरेका हुन् । पराजित टेकबहादुर पोखरेलले १०९६१ मत ल्याएका छन् ।

को हुन् श्रेष्ठ ?

उनले यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं ७ बाट निर्वाचित भएका थिए । यस्तै, संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि उनी काठमाडौं ९ बाट निर्वाचित भएका थिए ।

२०५९ सालमा स्थानीय विकास राज्यमन्त्री भएका श्रेष्ठ केपी ओली नेतृत्वको सरकारमा २०७७ सालमा मन्त्री बनेका थिए।

विद्यार्थी राजनीति हुँदै उनी २०३५ सालदेखि नेकपा (माले)मा आबद्ध भएका थिए । उनी अनेरास्ववियुको त्रिवि कमिटी अध्यक्ष, २०३५ देखि २०४७ सम्म नेकपा (माले) को काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीमा विभिन्न जिम्मेवारीमा रहेका थिए । २०४९ मा नेकपा (एमाले) को राष्ट्रिय परिषद सदस्य हुँदै उनी २०५४ मा एमालेको केन्द्रीय सदस्य चयन भएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ हाल एमालेका स्थायी कमिटी सदस्य हुन् ।

प्रकाशित : मंसिर ६, २०७९ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×