कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूकुम पूर्वमा प्रतिनिधिसभातर्फ गठबन्धनको अग्रता

महेश केसी

रूकुम पूर्व — रुकुम पूर्वमा मतगणना जारी छ । सोमबार राति साढे १२ बजे देखि मतगणना सुरु गरिएको थियो । मंगलबार बिहान साढे ९ बजेसम्म १ हजार ५ सय ८२ मतगणना हुँदा प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर र प्रदेशसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार बिजुलीको बल्ब चुनाव चिह्नका सुरुल पुन मगर (अजयशक्ति) ले अग्रता कायम राखेका छन् । 

रूकुम पूर्वमा प्रतिनिधिसभातर्फ गठबन्धनको अग्रता

सहायक निर्वाचन अधिकृत केशव पराजुलीका अनुसार प्रतिनिधिसभामा माओवादी केन्द्रका घर्ती मगरले ९ सय २० मत पाएका छन् । यसैगरी नेकपा एमालेका कैलाशकुमार मल्लले ४ सय ३४, स्वतन्त्र चन्द्रराज झाँक्री मगरले ५८, राप्रपाका खिमबहादुर खत्रीले ६, नेश्नलिस्ट पिपुल्स पार्टीका दलबहादुर बुढा मगरले ५७ र मंगोल नेसनल अर्गनाइजेसनका रतनबहादुर बुढा मगरले ३ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ मा बिजुलीको बल्ब चिह्न भएका स्वतन्त्र उम्मेदवार सुरुल पुन मगरको सुरूवातदेखि नै अग्रता कायम छ । कुल १ हजार ५ सय ८० मतगणना हुँदा पुन मगरले ८ सय ३२, सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका तेजबहादुर ओलीले ६ सय ५८, लाल्टिन चुनाव चिह्नका अर्का स्वतन्त्र उम्मेदवार दूतकुमार पुन मगरले २४ र मंगोल नेसनल अर्गनाइजेसनका लेखन बुढा मगरले २ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए ।

प्रकाशित : मंसिर ६, २०७९ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?