२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अर्घाखाँची प्रतिनिधिसभा १ मा एमालेका रायमाझीको अग्रता कायमै

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीमा प्रतिनिधिसभा १ का उम्मेदवार तथा एमाले सचिव टोपबहादुर रायमाझीले मतपरिणाम गणना भइरहँदा अग्रता कायम गरेका छन् । रायमाझीले २२ सय २ मत ल्याउँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार पुष्पा भुसाल गौतमले १४ सय ४० मत ल्याएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसालले ९९ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अर्घाखाँची प्रतिनिधिसभा १ मा एमालेका रायमाझीको अग्रता कायमै

त्यस्तै प्रदेशसभा १ मा एमालेका चेतनारायण आचार्यले १८ सय ३ मत ल्याएर अग्रता कायम गरेका छन् भने गठबन्धनका तर्फबाट राजमोका सागर केसीले १२ सय २५ मत ल्याएका छन् । प्रदेशसभा २ मा गठबन्धनबाट कांग्रेसका कमलप्रसाद भुसालले १८ सय ३ मत ल्याएर अग्रस्थानमा छन् । एमालेका रामजी प्रसाद घिमिरेले १२ सय २५ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर ५, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?