कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

माेरङ ६ मा शेखर काेइराला र ५ मा स्वतन्‍त्र उम्मेदवार मण्डलकाे अग्रता

(माेरङ) — माेरङकाे क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धन दल कांग्रेसका नेता शेखर काेइराला र क्षेत्र ६ मा स्वतन्त्र उम्मेदवार याेगेन्द्र मण्डलले सुरूवाती अग्रता लिएका छन् ।

माेरङ ६ मा शेखर काेइराला र ५ मा स्वतन्‍त्र उम्मेदवार मण्डलकाे अग्रता

माेरङ ५(१) मा कांग्रेसका गयानन्द मण्डल र क्षेत्र ६(१) मा एमालेकी रीता न्याैपानेले प्रदेशसभा सदस्यमा सुरूवाति अग्रता लिएका हुन् ।

क्षेत्र ६ मा १ हजार ६७४ मत गणना हुँदा काेइरालाले ७२१, एमालेका निवर्तमान सांसद लालबाबु पण्डितले ५३४, राप्रपाका गाेपाल कटुवालले १०१, राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधानले १९२ मत ल्याएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

क्षेत्र ५ मा २ हजार ९३६ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार याेगेन्द्रले १ हजार ५७२, सत्ता गठबन्धन दल माओवादी केन्द्रका निवर्तमान सांसद शिवकुमार मण्डलले ६७६, जनता समाजवादी पार्टीका राजकुमार यादवले २९९ मत प्राप्त गरेका छन् ।

यस्तै, क्षेत्र ५(१) प्रदेशसभा सदस्यमा कांग्रेसका गयानन्दले १ हजार २१९, एमालेका सन्ताेषकुमार साहले ८४८, राप्रपाकी साेनल कुमारी गुप्ता साहले २२५ मत ल्याएका छन् । क्षेत्र ६(१) मा एमालेकी न्याैपानेले सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वाइ जीवन आचार्यलाई पछि पार्दै ६६२ मत ल्याएर अग्रता लिएकी छन् । आचार्यले ५५७, राप्रपाका हिरा भट्टराइले ३०४ मत प्राप्त गरेका छन् । दुवै क्षेत्रमा मतगणना जारी छ ।

प्रकाशित : मंसिर ५, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?