कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दिया क्षेत्र नम्बर १ मा कांग्रेस र २ मा स्वतन्त्रका उम्मेदवार अगाडि

कमल पन्थी

बर्दिया — बर्दियामा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले झिनो मतले अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा भने स्वतन्त्र उम्मेदवार फराकिलो मतले अगाडि छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ३ हजार ७ सय ५५ मतगणना हुँदा गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार कांग्रेसका संजय कुमार गौतमले १ हजार १ सय ४५ मत प्राप्त गरेका छन् । 

बर्दिया क्षेत्र नम्बर १ मा कांग्रेस र २ मा स्वतन्त्रका उम्मेदवार अगाडि

उनका प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारुले १ हजार १ सय ३७ मत पाएका छन् । तेस्रोमा एमालेका उम्मेदवार लक्ष्मण ज्ञवालीले ९ सय १० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले बताए । यसैगरी रास्वपाका उम्मेदवार प्रवेश भुसालले ४ सय ८६ मत पाएका छन् । प्रदेशसभाको मतगणना प्रतिनिधि सभाको मत परिणाम आएपछि हुने भएको छ ।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीका बुबा लालवीर स्वतन्त्र उम्मेदवार हुन् । रेशमको उम्मेदवारी खारेज भएको थियो । लालवीरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । ७ हजार ८ सय २७ मत गणना हुँदा उनले ३ हजार ४ सय ३६ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले १ हजार ९ सय १० मत पाएका छन् ।

प्रकाशित : मंसिर ५, २०७९ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?