कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

झापा ५ मा एमाले अध्यक्ष ओलीलाई सुरुवाती अग्रता

अर्जुन राजवंशी

बिर्तामोड — झापा ५ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती अग्रता लिएका छन् ।

झापा ५ मा एमाले अध्यक्ष ओलीलाई सुरुवाती अग्रता

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पहिलो चरणको प्रारम्भिक मत परिणाममा ओलीले ३ हजार २ सय १२ मत पाएका छन् । उनलाई पछ्याइरहेका सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५ सय २३ मत पाएका छन् । ६ हजार दुई सय ७ मत गणना सकिदा ४ सय १४ मत बदर भएको छ ।

एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ६६ दशमलव २० प्रतिशत अर्थात एक लाख दुई हजार एक सय ५० मत खसेको थियो ।

प्रकाशित : मंसिर ५, २०७९ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×