२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बर्दिया क्षेत्र नम्बर १ मा कांग्रेसको अग्रता, पछ्याउँदै उन्मुक्ति पार्टी

कमल पन्थी

बर्दिया — बर्दियामा प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना चलिरहँदा प्रारम्भिक नतिजामा कांग्रेसले झिनो मतले अग्रता कायम गरेको छ । कांग्रेसको प्रतिद्वन्द्वी नागरिक उन्मुक्ती पार्टी ३० मतले पछाडि छ । १ हजार ८ सय मतगणना गर्दा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार कांग्रेसका संजय कुमार गौतमले ५ सय ५१ मत प्राप्त गरेका छन् । 

बर्दिया क्षेत्र नम्बर १ मा कांग्रेसको अग्रता, पछ्याउँदै उन्मुक्ति पार्टी

उनका प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारुले ५ सय २१ मत पाएका छन् । तेस्रोमा एमालेका उम्मेदवार लक्षमण ज्ञवालीले ४ सय ६४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले बताए । सुवेदीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रवेश भुषालले १ सय ७९ मत पाएका छन् । कुल ७७ मत बदर भएको छ । क्षेत्र नम्बर २ मा मतगणना जारी छ । प्रदेशसभाको भने प्रतिनिधि सभाको मत परिणाम आएपछि गणना गरिने भएको छ ।


प्रकाशित : मंसिर ५, २०७९ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?