कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलाम २ मा एमालेका नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काको अग्रता

विप्लव भट्टराई

इलाम — इलाम क्षेत्र नम्बर २ प्रारम्भिक मत परिणाममा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएका छन् ।

इलाम २ मा एमालेका नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काको अग्रता

खड्काले नेम्वाङलाई ६६ मत अन्तरले पछि परेका हुन् । कांग्रेसका खड्काले ३ सय ४२ मत ल्याउँदा नेम्वाङले २ सय ७६ मत प्राप्त गरेका हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार र जनता समाजवादी पार्टीका याम प्रसाद लिम्बूले ३ मत प्राप्त गरेका छन् । ६ सय ६८ मत गणना सम्पन्न भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि सम्पन्न निर्वाचनको मत गणना इलाममा दिउँसो पौने २ बजे सुरु भएको हो ।आइतबार सम्पन्न निर्वाचनमा इलाम २ मा १ लाख १५ हजार ९ सय ५२ मतदाता मध्ये ५९ हजार १ सय ३६ मत खसेको थियो ।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (१) को प्रत्यक्ष र समानुपातिकको गणना भइरहेको हो । जिल्लाभर ५२ दलशमलव ९३ प्रतिशत मत खसेको हो । इलाम १ पनि केहिबेर अघि मतगणना सुरु भएको छ । इलाम १ मा १ लाख ९ हजार ५ सय ३७ मतदातामध्ये ५९ हजार ९ सय ६ मत खसेको थियो । इलाममा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र छन् ।

प्रतिनिधिसभाका लागि इलाम १ मा ११ र इलाम २ मा १४ उम्मेदवार छन् । प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (१) मा ८, १ (२) मा ६ जना उम्मेदवार छन् । त्यस्तै २ (१) मा ७ जना र २ (२) १ स्वतन्त्र सहित ८ जना उम्मेदवार छन् ।

प्रकाशित : मंसिर ५, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?