प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको पेटिकामा भेटिएपछि सर्वदलीय बैठक

सुम्निमा चाम्लिङ

इटहरी — गढी गाउँपालिकाको मतदान केन्द्रमा प्रतिनिधिसभातर्फको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि सर्वदलीय बैठक बसिरहेको छ ।

सुनसरी क्षेत्र नं ३ को ‘क’ अन्तर्गत गढी गाउँपालिकाका–१ मधेलीस्थित मजदुर किसान माविमा रहेको मतदान केन्द्रमा मतपत्र खसेको पाइएको हो । उक्त मतदान केन्द्रबाट प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभातर्फको मतपेटिकामा खसेको थियो।

प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएकोे विषयमा निर्वाचन आयोगलाई जानकारी गराएको सहायक निर्वाचन अधिकृत राजेन्द्र कार्कीले बताए ।

‘निर्वाचन आयोगलाई जानकारी गराएको छौं । आयोगको निर्देशन अनुसार काम गर्छौ,’ उनले भने, ‘उक्त विषयमा स्पष्टीकरणका लागि मतदान अधिकृतलाई बोलाएको छौं ।’ निर्वाचन क्षेत्र नं ३ मा कुल १ लाख २५ हजार ४ सय ३२ मतदाता रहेका छन् । जसमध्ये ७३ प्रतिशत मत खसेको थियो ।

प्रकाशित : मंसिर ५, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्

दाङ निर्वाचन क्षेत्र नम्बर २ र ३ मा मतगणना सुरु

दुर्गालाल केसी

दाङ — दाङ निर्वाचन क्षेत्र नम्बर २ र ३ मा मतगणना सुरु भएको छ । दाङ २ मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेल र मा‌‌ओवादी नेता रेखा शर्मा मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

त्यस्तै क्षेत्र नम्बर ३ मा एमालेबाट कोमल वली र कांग्रेसबाट दीपक गरिरी प्रतिस्पर्धामा रहेका छन् ।

दाङ क्षेत्र नम्बर ३ मा भने मतगणना सुरु भएको छैन । दाङ-१ मा नेकपा एसका मेटमणि चौधरी र एमाले उम्मेदवार शान्ता चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । मेटमणि चौधरी सहरी विकासमन्त्रीसमेत हुन् ।

प्रकाशित : मंसिर ५, २०७९ १३:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×