२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

मकवानपुरमा मतगणना सुरु

सुवास विडारी

मकवानपुर — मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । सोमबार मध्यान्ह १२ बजेबाट मतगणना सुरु भएको हो । बिहान ८ बजे बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपनि एक घण्टा ढिला गरी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट मतगणना सुरु गरिएको हो ।

मकवानपुरमा मतगणना सुरु

हेटौंडा–२ स्थित सिद्धार्थ उच्च माविमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना हुँदैछ । आइतबार मतपेटिका ल्याउन ढिला भएपछि मतगणना केही ढिलो भएको हो । जिल्लाभरका सम्पूर्ण मतपेटिका बिहान २ बजे मात्र हेटौंडा ल्याइएको थियो । एकैपटकमा १२ स्थानमा मतगणना गर्नेगरी निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको छ । मकवानपुर जिल्लामा ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रकाशित : मंसिर ५, २०७९ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?