कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीकोटका मतदातामा कम उत्साह

तुलाराम पाण्डे

कालीकोट — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कालीकोटमा ५५ प्रतिशत मतदान भएको छ । जवकि यस जिल्लामा अघिल्ला चुनावमा ७० देखि ८० प्रतिशत मत खस्ने गरेको थियो ।

कालीकोटका मतदातामा कम उत्साह

यसपटक ५५ प्रतिशत मात्र मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नेत्रविक्रम चन्द समूहको बहिष्कार, दलहरूबीच गठबन्धन, मौसमी बसाइसराइ, युवा पलायनजस्ता कारण कम मत खसेको नागरिक अगुवाहरू बताउँछन् ।

सुरक्षाको राम्रो प्रबन्ध गरेकाले कुनै ठाउँमा पनि अप्रिय घटना नभएको प्रजिअ रामहरि शर्माले बताए । 'कालीकोटमा विभिन्न त्रास थियो । प्रभावकारी सुरक्षा योजना बनाएकोले जिल्लाभर शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भयो,' उनले भने । यस्तै, मंगला सैनी मावि लालुमा अर्काको नाममा मत हाल्न खोज्ने ५ जनालाई नियन्त्रण्मा लिएर छाडेको पनि प्रजिअ शर्माले जानकारी दिए ।

यसअघिका जनप्रतिनिधिसँग मतदाताको चित्त बुझाइ नभएकाले पनि मतदानमा त्यति उत्साह नदेखिएको जिल्ला वारका अध्यक्ष अमलराज शाहीले बताए ।

जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार ८० हजार ७ सय ३३ मतदाता रहेको कालीकोटमा यसपटक जिल्ला बाहिर रहेका अधिकांश मतदाता घर फर्केनन् । यहाँका करिब २० प्रतिशत मतदाता जिल्ला बाहिर छन् भने घरमै भएकाहरूमा पनि पहिलेका चुनावमा झैं उत्साह नदेखिएको हो।

बिहान ९ बजे पचालझरना ५ बाझकोटस्थित पञ्चकालिका मावि बाझकोट मतदान केन्द्र नजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको प्रजिअ रामहरि शर्माले बताए । उनका अनुसार तार बेरेर तर्साउन राखिएको वस्तु भेटिएको थियो ।

प्रकाशित : मंसिर ४, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?