संखुवासभामा करिब ५५ प्रतिशत मत खस्यो

काठमाडौँ — संखुवासभामा करिब ५५प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रामेश्वर निरौलाका अनुसार यो प्रारम्भिक विवरण हो । अन्तिम विवरण आउन केही समय लाग्ने उनले बताए ।

१ सय ८ मतदानस्थलका १ सय ६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको उनले बताए । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोत साधन व्यवस्थापन गरिसकेको छ ।
५६ कोष टाढाबाट मतपेटिका आउनु पर्ने भएकाले मतगणना भने २ दिन पछिमात्रै गरिने उनले बताए । संखुवासभामा १ लाख १७हजार ५ सय ५४ मतदाता रहेका छन् ।