कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डडेलधुरामा ५६ प्रतिशत मत खस्यो

डीआर पन्त

डडेलधुरा — ९१ हजार २ सय मतदाता रहेको डडेल्धुरामा ५६ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

डडेलधुरामा ५६ प्रतिशत मत खस्यो

मतदान सकिँदासम्म ५६ प्रतिशत मत खसेको तथ्यांक आएको छ मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले भने ‘अझै यकिन तथ्यांक आउन बाँकी रहेको छ ।’ जिल्लाका १ सय १ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लाका कुनैपनि मतदान केन्द्रमा कुनैपनि अप्रिय घटना नघटेको पनि मुख्य निर्वाचनअधिकृतले जानकारी दिएका छन् । ‘रातीअबेरसम्म सबै मतदान केन्द्रबाट तथ्यांक आएपछि मात्र कति प्रतिशत मत खस्यो यकिन तथ्यांक आउन सक्छ’ वाग्लेले भने ‘जिल्ला सदरमुकामदेखि ८० किलोमिटर दुर्गममा रहेका मतदान केन्द्रबाट अहिलेसम्म तथ्यांक आउन सकेको छैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको डडेलधुरामा एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको छ । देउवा सहित ८ जना उम्मेदवारले प्रतिस्पर्धा गरिहेको डडेलधुरामा मत गणना भने कति बेला सुरु हुन्छ अहिले नै केही भन्न नसकिने निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लाको दुर्गममा रहेका मतदान केन्द्रबाट मतपेटिका आउन समय लाग्ने पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?