कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो, राति १० बजेदेखि मतगणना गर्ने तयारी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो प्रारम्भिक विवरण हो, अन्तिम विवरण भने अझै आइसकेको छैन । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र केही बेरमै अन्तिम विवरण आइसक्ने बताए ।

रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो, राति १० बजेदेखि मतगणना गर्ने तयारी

बिहानदेखि नै मतदाता आउने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचनजस्तो उत्साह मतदाताहरूमा देखिएन । रुपन्देहीमा ६ लाख ३८ हजार ९५२ मतदाता छन् । कार्यालयका अनुसार जिल्लामा २८ राजनितिक दल चुनावी प्रतिष्पर्धामा सहभागी छन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाका मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । रुपन्देहीमा २ सय ८ मतदान स्थलमा ७ सय २ मतदान केन्द्र राखिएका थिए । पाँचवटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोतसाधन व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणना गर्ने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?