कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मतदान बिथोल्न खोज्ने ३ जना पक्राउ

महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिममा निर्वाचनमा अवरोध पुर्‍याउने  प्रयास गर्ने ३ जना नेत्रविक्रम चन्द नेतृत्वको पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ५, ११ र १३ नम्बरमा मतपत्र च्यात्ने, मतपेटिकामा लात्ति हानेर मतदानमा अवरोध गर्न प्रयास गर्ने तीन जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।

मतदान बिथोल्न खोज्ने ३ जना पक्राउ

पक्राउ पर्नेमा युवा संगठनका जिल्ला संयोजक महेश बस्नेत, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हरि पुन र संगठनका जिल्ला सम्मेलन आयोजक समिति सदस्य राकेश विक रहेका छन् । बस्नेत वडा नम्बर ५ को गोतामकोट, पुन वडा नम्बर १३ को निमावि घेत्मा र विक वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदानस्थलबाट पक्राउ परेको बताइएको छ ।

मतदानमा अवरोध गर्न खोज्नेलाई पक्राउ गरिएको र मतदान भने नरोकिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । अहिले थप सुरक्षा व्यवस्था कडा पारेर मतदान चलिरहेको उनले बताए । चन्द नेतृत्वको नेकपा र नेकपा बहुमतलगायत दलले घोषित रुपमै चुनाव बहिष्कार गरेर चुनाव बिथोल्न विभिन्न प्रयास गरिरहेका छन् ।

प्रकाशित : मंसिर ४, २०७९ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?