२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

विवादपछि म्याग्दीमा रोकियो मतदान

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने शिख माध्यामिक विद्यालय मतदान केन्द्रमा विवाद भएपछि पछिल्लो दुई घण्टादेखि मतदान कार्य रोकिएको छ । 

विवादपछि म्याग्दीमा रोकियो मतदान

मतदानस्थलमा मतपेटिका राख्दा प्रतिनिधिसभा समानुपातिकतर्फको मत पेटिका नं. २ मा खसाल्नुपर्नेमा प्रदेशसभा समानुपातिकतर्फको पेटिका नं. ४ मा खसालिएको भन्दै गठबन्धनका माओवादी केन्द्र र नेपाली कांग्रेसका प्रतिनिधिले विवाद निकालेपछि मतदान रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ ।

‘मतदानस्थलमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक लेखिएको स्टिकर टाँसेका पेटिका राख्दा २ नम्बरको पेटिका हुनेपर्ने स्थानमा ४ को पेटिका रहेको मात्र हो । मतपेटिकाको स्टिकर फरक परे पनि मत भने सही फरक परेको होइन, स्टिकर सच्याउन सकिने विषयमात्र हो,’ सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले भने, ‘विवादको स्थलगत अध्ययन गरी समस्या सुल्झाउन मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपाल, प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानालगायत सुरक्षा अधिकारी शिख मावि मतदानस्थलतर्फ जानुभएको छ । मतदान सुरु गर्ने प्रयास जारी छ ।’

प्रकाशित : मंसिर ४, २०७९ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?