कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाजुरामा अवरुद्ध तीन स्थलको मतदान पुन: सुरु

अर्जुन शाह

धनगढी — बाजुरामा मतदान स्थगित भएका ८ मध्ये तीन मतदान स्थलको मतदान पुन: सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लोकेन्द्र विष्टका अनुसार स्वामी कार्तिक ४, खप्तड छेडेदह १ र त्रिवेणी ७ मा स्थगित मतदान पुन: सुरु भएको हो ।

बाजुरामा अवरुद्ध तीन स्थलको मतदान पुन: सुरु

विष्टका अनुसार बुढीगंगा नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालयमा पनि मतदान पुनः सुरु गराउने प्रयास भइरहेको छ । बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३, जगन्नाथ ४ मतदानस्थलको मतदान रोकिएको अवस्थामा छ ।

अवरुद्ध भएका मतदानस्थलमा दलका कार्यकर्ताबीच विवाद, झडप, तोडफोड र हवाई फायरका घटना भएका थिए ।

प्रकाशित : मंसिर ४, २०७९ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?