कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नो नाम आफैं खोज्दै मतदाता

सुनीता बराल

महोत्तरीको गौशाला- १ स्थित मावि रामनगर मतदान केन्द्रमा मतदाताहरूले मतदाता नामावलीमा रहेको आफ्नो नामको क्रमसङ्ख्या आफैंले खोजिरहेका छन् । मतदान अधिकृत कालिचरण चौधरीले मतदाता  आफैँले स्वतःस्फुर्त रुपमा सहयोग गरेको बताए ।

आफ्नो नाम आफैं खोज्दै मतदाता

कर्मचारीले अल्छी गरेर क्रमसङ्ख्या नखोजिदिएको र भेटिएन भन्दै बाहिर पठाउने गरेको मतदाता बताउँछन् । गौशला-१ का स्थानीय शिवशंकर महतोले कर्मचारीले नाम नभेटेको भन्दै बाहिर पठाएपछि मत खसाल्न मतदातालाई झन्झट भैरहेको बताए ।

अल्फाबेटबाट क्रमसङ्ख्या खोज्दा नपाएपछि खोज्न समस्या भैरहेको कर्मचारीले बताएका छन् ।

प्रकाशित : मंसिर ४, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?