कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

जाजरकोटको ज्ञानकुञ्ज माविमा मतदानका क्रममा झडप‚ एक जना घाइते

ज्योति कटुवाल

जाजरकोट — जाजरकोटमा दृष्टिविहीन वृद्धालाई मतदानमा सहयोग गर्न अर्को मान्छै गएको भन्दै बाहिरबाट स्थानीयले विरोध गर्दा झडप भएको छ । जाजरकोटको भेरी नगरपालिका ९ ज्ञानकुञ्ज मावि बुरुग्गे मतदान केन्द्रमा दृष्टिविहीन वृद्धालाई सहयोग गर्न अर्का एक जना गएको भन्दै स्थानीयले विरोध गरेपछि आपसमा झडप हुँदा एक जना घाइते भएका छन् ।

जाजरकोटको ज्ञानकुञ्ज माविमा मतदानका क्रममा झडप‚ एक जना घाइते

झडपमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै हुम्लाको सर्केगाड गाउँपालिका ३ उनापानीमा पनि केही घण्टादेखि रोकिएको मतदान सर्वदलीय बैठक बसी पुनः सुरु गर्न खोज्दा दिउँसो साढे ११ बजे बाहिरबाट १५-२० जना युवाहरूको टोलीले ढुंगामुढा गर्ने थालेपछि ७ राउन्ड हवाई फायर गरिएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×