कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कास्कीमा मतपेटिका फुटाएको आरोपमा तीन जना पक्राउ

लालप्रसाद शर्मा

पोखरा — कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ स्थित माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेस्थित तारेबराह आधारभूत विद्यालय ‘ग’ मतदान केन्द्रमा मतपेटिका फुटाउने ३ जना पक्राउ परेका छन् ।

कास्कीमा मतपेटिका फुटाएको आरोपमा तीन जना पक्राउ

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरिएको र दुई जनाको नाम नखुलेको कास्की प्रहरीका डीएसपी सुन्दर तिवारीले बताए ।

निर्वाचनविरोधी अभियान चलाएको धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले मतदान कार्य बिथोल्ने क्रममा उक्त मतदान केन्द्रको प्रतिनिधिसभाअन्तर्गतको मतपेटिका फुटाएका हुन् । मतपेटिका फुटेपछि मतपत्र छरपस्ट भएका थिए । उक्त केन्द्रमा एक सय मत खसेपछि उक्त घटना भएको हो । छरपस्ट मतपत्रलाई सर्वदलीय सहमतिका आधारमा मुचुल्का उठाई प्याक गरिएको र मतदान कार्य सुचारू रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । ती मतपत्र पनि मान्य हुने गरी राखिएको उनले बताए ।

स्थानीयका अनुसार अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई मतदान केन्द्रको ३/४ सय मिटर नजिकसम्म सवारी साधनमा लैजानुपर्ने भन्दै सर्वदलीय छलफलले निर्णय गरेको थियो । तर, एक जना सुरक्षाकर्मीले उक्त कुरा मान्य नहुने भनेपछि विवाद उत्पन्न भई एजेन्टलगायत सबै जना उक्त विवादतर्फ लागेका बेला परियारले मतपेटिका फुटाएका थिए ।

प्रकाशित : मंसिर ४, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?