कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलाली-५ को शारदा मावि मतदानस्थल नजिक विस्फोट

कैलालीका विभिन्न ८ स्थानमा विस्फोटक वस्तु निष्क्रिय
अर्जुन शाह

धनगढी — कैलाली-५ धनगढीस्थित शारदा मावि मतदानस्थल नजिकै बम विस्फोट भएको छ । विस्फोटनबाट क्षति भने पुगेको छैन । घटनास्थलमा सेनासहित सुरक्षाकर्मीको टोली  परिचालित छ ।

कैलाली-५ को शारदा मावि मतदानस्थल नजिक विस्फोट

सुरक्षास्रोतका अनुसार कैलालीमा शनिबार रातिदेखि हालसम्म विभिन्न ८ मतदानस्थल नजिकै राखिएका विस्फोटक वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ ।

आइतबार बिहान गौरिगंगा नगरपालिका ८ बडैपुरमा रहेको मतदानस्थल नजिकै राखिएको विस्फोटक पदार्थ सेनाले निष्क्रिय गरेको छ । यस्तै, टीकापुर, भजनी, लम्कीचुहाका विभिन्न मतदानस्थल नजिक राखिएका विस्फोटक वस्तुहरु निष्क्रिय पारिएको सेनाको तेघरीस्थित गणका गणपति रवी केसीले बताए ।

प्रकाशित : मंसिर ४, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?