कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुथ प्रतिनिधिबीच विवाद हुँदा ३ राउन्ड हवाईफायर

भरत जर्घामगर

सिरहा — सिरहाको कर्जन्हा  नगरपालिका–६ स्थित मावि बडहरामालको मतदान केन्द्रमा निर्वाचन प्रतिनिधिबीच विवाद हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाईफायर गरेको छ । आइतबार बिहान ३ बजेतिर प्रतिनिधिबीच विवाद हुँदा ३ राउन्ड हवाईफायर गरेको हो । 

सिरहाका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधिबीच विवाद हुादा मतपेटिका खोस्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन ३ राउन्ड हवाईफायर गरिएको हो ।

एसपी तिमिल्सिनाले स्थिति नियन्त्रणमा आइसकेको र मतदान प्रक्रियासमेत सुरु भइसकेको जानकारी दिए । उनले जिल्लाको सबै मतदान केन्द्र शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जानकारी दिए ।

प्रकाशित : मंसिर ४, २०७९ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?