कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एमाले महासचिव पोखरेलले बिजौरीबाट गरे मतदान

दुर्गालाल केसी

दाङ — एमाले महासचिव शंकर पोखरेलले आइतबार तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।मतदानपछि पोखरेलले संक्षिप्त धारणा राख्दै देशमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।

एमाले महासचिव पोखरेलले बिजौरीबाट गरे मतदान

देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता परेको र यो निर्वाचनले त्यो शक्ति निर्माण गर्ने विश्वास उनले व्यक्त गरे । पोखरेल दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनले आफू उम्मेदवार रहेकै क्षेत्रबाट मतदान गर्न पाएका छन् ।

क्षेत्र नं. २ मा ४८ मतदानस्थल र १ सय ४६ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ । यस क्षेत्रमा १ लाख ३३ हजार ७ सय ४८ मतदाता छन् ।

प्रकाशित : मंसिर ४, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×