२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

शंकास्पद वस्तु भेटिएपछि दैलेखको चामुण्डा बिन्द्रासैनीमा सुरु भएन मतदान

ज्योति कटुवाल

दैलेख — दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा शंकास्पद वस्तु फेला परेपछि अझै मतदान सुरु हुन सकेको छैन ।

शंकास्पद वस्तु भेटिएपछि दैलेखको चामुण्डा बिन्द्रासैनीमा सुरु भएन मतदान

आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शंकास्पद वस्तु भेटिएपछि रोकिएको हो ।

अहिले कालीबक्स गणबाट सेनाको बम डिस्पोजल टोली मतदान केन्द्रमा पुगिसकेको छ । सेनाले उक्त वस्तु निष्क्रिय पारेपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । उक्त मतदान केन्द्रमा करिब १ हजार ९ सय मतदाता रहेका छन् ।

प्रकाशित : मंसिर ४, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?