कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

मतदान गर्न उत्साहित मतदाता, सबेरै मतदानस्थलमा

रमेशकुमार पौडेल

चितवन — आइतबार बिहान सात बजेबाट सुरु हुने मतदानका लागि मतदाताहरू बिहानै मतदानस्थल आउन थालेका छन् । चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन्  ।

मतदान गर्न उत्साहित मतदाता, सबेरै मतदानस्थलमा

चितवनमा कुल मतदाता ४ लाख ८ हजार ३ सय ४२ छन् । जसमा पुरूषभन्दा महिला मतदाता धेरै रहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन-३ अन्तर्गतको शिवनगरमा मतदान गर्दै छन् ।

त्यसैगरी एमालेका उपाध्यक्षहरू रामबहादुर थापा र सुरेन्द्र पाण्डेले क्रमश: चितवन-२ अन्तर्गतको भरतपुर र चितवन-१ अन्तर्गतको भण्डारामा मतदान गर्दै छन् । चितवनमा तीन निर्वाचन क्षेत्र छन् ।

प्रकाशित : मंसिर ४, २०७९ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×