२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

सिन्धुलीमा मतदान केन्द्र निर्माण धमाधम

सिन्धुली — प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिन्धुलीमा मतदान केन्द्र निर्माण धमाधम भइरहेको छ । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा १५३ वटा मतदानस्थल र दुई अस्थायी सहित २६९ वटा मतदान केन्द्र छन् ।

सिन्धुलीमा मतदान केन्द्र निर्माण धमाधम

मतदानकेन्द्र मध्ये सिन्धुली–१ मा १३७ वटा र सिन्धुली–२ मा दुई अस्थायीसहित १३२ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न गर्न दुई हजार १३६ जना कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिइन् । सिन्धुली–१ मा एक हजार ९६ जना कर्मचारी र २ मा एक हजार ४० जना कर्मचारी परिचालन गरिएको छ । कार्यालयका अनुसार एक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी पाँच र सहयोगी एकसहित आठ जना कर्मचारी रहनेछन् ।

जिल्लामा कुल २ लाख आठ हजार ३६९ जना मतदाता छन् । तीमध्ये एक लाख सात हजार ४१० पुरुष र एक लाख ९५९ जना महिला मतदाता छन् ।

प्रकाशित : मंसिर ३, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?