३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए 

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदानकेन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए 

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनीलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन खोज्दा ओछ्यानमै मृत भेटिएका हुन् ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही हरिपुर्वा नगरपालिका ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए ।

उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ । जिल्लामा निर्वाचनमा खटिएका मतदान अधिकृतको मृत्यु भएको यो पहिलो घटना हो ।

प्रकाशित : मंसिर ३, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?