कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

कांग्रेसका बागी उम्मेदवार र समर्थक पार्टीबाट ५ वर्षका लागि निष्कासित

कान्तिपुर संवाददाता

काठमाडौँ — आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका पार्टी सदस्यलाई पार्टीले निष्कासन गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीविरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरूलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गर्न सोमबार केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको हो ।

कांग्रेसका बागी उम्मेदवार र समर्थक पार्टीबाट ५ वर्षका लागि निष्कासित

‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन- २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ‚’ समितिले उल्लेख गरेको छ ।

यसका साथै त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीसमेत अभिलेखबाट हटाइने समितिले जनाएको छ । समितिमा उनीहरूको नामावली तत्काल पठाइदिनसमेत समितिले निर्देशन दिएको छ ।

हुम्लाका महासमिति सदस्य मंगलबहादुर शाही‚ बाराका पार्टी सदस्य धर्मेन्द्रप्रसाद यादव‚ बाराकका महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य रविन्द्रप्रसाद यादव‚ बाराका महाधिवेशन प्रतिनिधि वीरेन्द्रप्रसाद यादव र बारा जिल्ला सदस्य रामएकवालप्रसाद यादवको नाम तत्काल अभिलेखबाट हटाउनसमेत समितिले निर्देशन जारी गरेको छ ।

प्रकाशित : कार्तिक २८, २०७९ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×