२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

गोरखाबाट समृद्धिको सन्देश दिन्छु : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट समृद्धिको सन्देश दिने बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिका-१ याच्चोकमा बिहीबार आयोजित चुनावी कार्यक्रममा दाहालले शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्र विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने बताएका हुन् । 

गोरखाबाट समृद्धिको सन्देश दिन्छु : दाहाल

'विद्युत्‌को राष्ट्रिय प्रसारणलाइन ल्याउन पहल गर्नेछु, यहाँ शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्छु, गाउँमा जडिबुटी उद्योग स्थापना गर्दै हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिनेछु,' उनले भने ।

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वरभूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको दाहालको भनाइ थियो । आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उनले बताए ।

निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष दाहालले भने, ‘मैले यसअघि जितेको चितवनमा ६११ किमि बाटो कालोपत्रे भएको छ । म हिँडेको धुलेबाटोहरु मेरै कार्यकालमा कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’ दाहाल गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार छन् ।

प्रकाशित : कार्तिक २४, २०७९ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?