२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मोरङ ३(१) मा कांग्रेसका मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

देवनायारण साह

मोरङ — मोरङ ३(१) मा कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिको समय सीमाभित्र कांग्रेस महासमिति सदस्य लिम्बुले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् । 

मोरङ ३(१) मा कांग्रेसका मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बुलाई उम्मेदवार बनाएको हो । बेलबारी- ८ का लिम्बू नेवि संघ मोरङका पूर्वअध्यक्षका साथै जिल्ला संगठनको समेत नेतृत्व गरिसकेका त्यस क्षेत्रका चर्चित अनुहार भएकाले पार्टीले उम्मेदवार बनाएपछि उम्मेदवारी दर्ता गराएको कांग्रेसका जिल्ला सदस्य भोजराज बस्नेतले बताए ।

पार्टीले मोरङ– ३ मा कांग्रेसका उम्मेदवार सुनील शर्मालाई आफूलाई जित्न सहज हुने उम्मेदवार छान्न जिम्मेवारी दिएको थियो । उनले आफूलाई अनुकूल हुनुका साथै आदिवासी जनजातिको बाहूल्य रहेको उक्त क्षेत्रमा लिम्बूलाई उम्मेदवार बनाउनुपर्ने भनेपछि पार्टीले टिकट दिएको बस्नेतले बताए ।

लिम्बूको यस क्षेत्रमा एमालेका उम्मेदवार पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख दिलीपकुमार राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीर्थबहादुर गुरुङलगायतसँग चुनावी प्रतिस्पर्धा रहेको छ ।

प्रकाशित : कार्तिक २४, २०७९ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?