कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रजनीकान्तको 'दरबार' ले घाटा भएको भन्दै वितरकहरुले भोक हड्ताल गर्ने

काठमाडौँ — सुपरस्टार रजनीकान्तले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'दरबार' बक्स अफिसमा असफल भएपछि फिल्मका वितरकहरुले भोक हड्ताल गर्ने घोषणा गरेका छन् । 

रजनीकान्तको 'दरबार' ले घाटा भएको भन्दै वितरकहरुले भोक हड्ताल गर्ने

२ सय करोड भारुको बजेटमा बनेको फिल्मले ७० करोड घाटा लागेको भन्दै वितरकहरुले रजनीकान्तसँग यसको क्षतिपुर्ती माग गरेका हुन् । तर, रजनीलाई भेट्न उनको घर जाँदा प्रहरीले जान नदिएको र उनले पनि भेट्ने समय नदिएको भन्दै उनीहरुले यस्तो घोषणा गरेका हुन् । ्


प्राय: रजनीकान्तका फिल्मबाट ठूलो आम्दानी गर्ने गरेका वितरकले यसपटक पनि करोडौं व्यापारको आशा राखेका थिए । तर, फिल्म असफल भयो ।

यसअघि रजनीकान्त अभिनित फिल्म 'लिंगा' असफल हुँदा उनले वितरकहरुलाई पैसा फिर्ता दिएका थिए । यो फिल्ममा २५ वर्षपछि पुलिस अधिकारीको भूमिकामा रजनीकान्त फर्किएका थिए ।


'गजनी'का निर्देशक ए. आर मुर्गुडोससँग रजनीकान्तले यसमा पहिलोपटक सहकार्य गरेका हुन्। २ सय करोडको बजेटको फिल्मबाट रजनीकान्तले मात्र १ सय १० करोड लिएको बताइएको छ।

प्रकाशित : माघ २२, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?