कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सेयर बजार १८ अंक बढ्यो, २ अर्बमाथिको कारोबार

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से १८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०२२ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १ अर्ब ५६ करोडको कारोबार भएकोमा आज २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजार १८ अंक बढ्यो, २ अर्बमाथिको कारोबार

कुल १९० कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो भने ३ को स्थिर रहृयो । बैंकिङ २, विकास बैंक १९, फाइनान्स २५, जलविद्युत् ६६, जीवन बीमा १३४, उत्पादन २०, माइक्रोफाइनान्स ४३, निर्जीवन बीमा ५९ र अन्य उपसमूह १२ अंक बढे । होटल तथा पर्यटन उपसमूह भने १० अंक घट्यो ।

मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ, शुभम पावर, मोलुङ हाइड्रोपावर, स्वाभिमान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लघुवित्त र थ्रीस्टार हाइड्रोको मूल्य ५.५ प्रतिशतभन्दा धेरै घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, सननेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर क्रमशः अगाडि रहे ।


प्रकाशित : आश्विन ९, २०८० १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?