कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

देशभर पशुपालन गर्ने किसान परिवार सं‌ख्या ३४ लाख ५ हजार

काठमाडौँ — विगत १० वर्षको अन्तरालमा पशुपालन गर्ने किसान परिवारको संख्या ५१ हजार १५७ बढेको छ । बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८ अनुसार अहिले पशुपालन गर्ने किसान परिवारको संख्या ३४ लाख ५ हजार १४ पुगेको छ ।

देशभर पशुपालन गर्ने किसान परिवार सं‌ख्या ३४ लाख ५ हजार

कृषिगणना २०६८ अनुसार यो संख्या ३३ लाख ५३ हजार ८५७ थियो । नेपालमा गाईगोरुको संख्या ४६ लाख, राँगाभैंसी करिब २९ लाख, बाख्रा/खसी/बोका/च्यांग्राको संख्या १ करोड ४२ लाख, सुँगुर/बंगुर/बंदेलको संख्या करिब १४ लाख पुगेको कृषि गणनामा उल्लेख छ ।

कुखुराको संख्या ४ करोड ५१ लाख पुगेको तथ्यांक छ । उन्नत गाई र भैसीको संख्यामा उल्लेखीय वृद्धि भएको कार्यालयले जनाएको छ । यस्तै १० हजार ३७५ कृषक परिवारले झण्डै ५ सय ९८ हेक्टर जग्गामा पुष्प/नर्सरी खेती गरेको देखिएको छ ।

कृषिगणना २०७८ अनुसार ४ लाख ८३ हजार २०८ अर्थात ११.७ प्रतिशत कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् । २०६८ को गणनामा यसप्रकारको ऋण लिएका ८ लाख ३५ हजार ९२१ अर्थात् २१.८ प्रतिशत किसान थिए ।

प्रकाशित : भाद्र २१, २०८० १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?