२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

१५ दिनभित्र सेवा प्रदायकले अनावश्यक तार नहटाए महानगरले नै हटाइदिने 

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सडक तथा पोलहरूमा अव्यस्थित रुपमा रहेका बिजुली, इन्टरनेट, केवल तथा टेलिफोनका तार हटाउनका लागि सम्बन्धित संघसंस्थालाई १५ दिनको समयसीमा दिएको छ । सो समयसीमाभित्र पनि त्यस्ता तार नहटाए महानगरपालिकाले नै हटाइदिने चेतावनी समेत दिएको छ ।  

१५ दिनभित्र सेवा प्रदायकले अनावश्यक तार नहटाए महानगरले नै हटाइदिने 

एक सूचना सार्वजनिक गर्दै महानगरपालिकाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार हटाउन भनेको हो । यस्ता अव्यवस्थित तारका कारण महानगरको सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने महानगरले जनाएको छ । आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन पनि महानगरले निर्देशन दिएको छ ।

सेवा प्रदायक कम्पनीहरूलाई एकअर्कासँग समन्वय र सहजीकरण महानगरले भनेको छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ । तर निर्णय कार्यान्वयनका लागि पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि काम नभएको महानगरपालिकाको भनाइ छ ।

प्रकाशित : वैशाख १२, २०८० १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?