कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

लघुवित्तको अवस्थाबारे अध्ययन गर्न राष्ट्र बैंकले बनायो उच्चस्तरीय समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा लघुवित्त वित्तीय संस्थाको अवस्था र यसले अर्थतन्त्रमा पुर्‍याएको योगदानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन भएको छ । गत साता बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले लघुवित्तको समग्र पक्ष अध्ययनका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।

लघुवित्तको अवस्थाबारे अध्ययन गर्न राष्ट्र बैंकले बनायो उच्चस्तरीय समिति

वित्तीय क्षेत्रको पछिल्लो अवस्थाबारे आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त जानकारी दिएका हुन् । लघुवित्त क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि राष्ट्र बैंकले नीतिगत व्यवस्था परिमार्जन गरे पनि मध्यम र दीर्घकालीन समस्या समाधानका लागि अबलम्बन गर्नुपर्ने सुझावका लागि अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेको गभर्नर अधिकारीले बताए । सात सदस्यीय उक्त समितिमा लघुवित्त बैंकर्स संघका अध्यक्ष र बाँकी दुई जना स्वतन्त्र विज्ञ सदस्य रहेका छन् । संयोजक सहित बाँकी चार जना राष्ट्र बैंककै उच्च अधिकारीहरु छन् । उक्त समितिलाई ६ महिनाभित्र प्रतिवेदन पेस गर्न समय दिने निर्णय भएको छ । यद्यपि आइतबारसम्म उक्त समितिले राष्ट्र बैंकबाट औपचारिक पत्र पाइसकेको छैन ।

प्रकाशित : फाल्गुन २१, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?