कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

तोलामा १६ सय रुपैयाँले बढ्यो सुन

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन र चाँदीको मूल्य बढेको हो । 

तोलामा १६ सय रुपैयाँले बढ्यो सुन

आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४१ हजार २ सय रुपैयाँ थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य १ हजार ८ सय २० रुपैयाँ पुगेको छ ।


प्रकाशित : असार २, २०८१ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×