कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

नवनियुक्त अर्थमन्त्री पौडेलले भने- विज्ञसँगको सुझावमा अर्थतन्त्र सुधार्छु 

काठमाडौँ — नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको शपथ ग्रहणपछि सिंहदरबार पुगेर उनले तेस्रो पटक अर्थमन्त्रीका रुपमा पदभार सम्हालेका हुन् । पदभार ग्रहण गर्दै उनले संकटको डिलमा रहेको अर्थतन्त्रलाई सही दिशामा डोहोर्‍याउने प्रतिबद्धता जनाए । 

नवनियुक्त अर्थमन्त्री पौडेलले भने- विज्ञसँगको सुझावमा अर्थतन्त्र सुधार्छु 

अर्थमन्त्रालय र सम्बद्ध सार्वजनिक निकायका कामकारबाहीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णयमा उनले हस्ताक्षर गरेका छन् । अहिले अर्थतन्त्रमा चुनौतीहरु धेरै रहेको उल्लेख गर्दै उनले आफूले अर्थजगतका सबै पक्षसँग सहकार्य गरेर समस्या समाधान गर्नतिर लाग्ने प्रतिबद्धता जनाए ।

उनले भने ‘बिग्रदो अर्थतन्त्रका सम्बन्धमा विज्ञहरुसँग परामर्श गरेर समाधान गर्ने दिशातिर लाग्नेछु, समस्या काबुबाहिर छैनन्, म सबैलाई विश्वस्त हुन आग्रह गर्छु कि अर्थतन्त्र सुधारमा नै मेरो प्रमुख ध्यान रहनेछ ।’ चालु खर्चको सीमालाई कम गर्ने दिशातिर उन्मुख हुँदै स्रोत व्यवस्थापनतिर लाग्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । पहिले समस्याको लिस्ट तयार गरेर समाधानका लागि विज्ञहरूबाट राय लिने उनले बताए । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्य जितेका उनी यसअघि पनि दुई पटक अर्थमन्त्री बनिसकेका छन् ।

प्रकाशित : पुस ११, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?