कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

विद्युत् प्राधिकरणलाई कारबाही गर्ने दूरसञ्चारको चेतावनी 

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले विद्युत् प्राधिकरणलाई कारबाहीको चेतावनी दिएको छ । विद्युत् लाइनको आपूर्ति काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै विद्युत् प्राधिकरणलाई दूरसञ्चारले कारबाहीको चेतावनी दिएको हो । विद्युत् प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायकको विद्युत् काटिदिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगी बैंकिङ सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध हुन पुगेको दूरसञ्चारले जनाएको छ ।

विद्युत् प्राधिकरणलाई कारबाही गर्ने दूरसञ्चारको चेतावनी 

दूरसञ्चारले सार्वजनिक गरेको सूचनामा भनिएको छ ‘राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौं ।’ हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भएकाले आपसी छलफलबाट समस्याको समाधान गर्न पनि उसले विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई आग्रह गरेको छ ।

प्रकाशित : पुस ८, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?