कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड हो : गभर्नर अधिकारी

मनोज बडू

दार्चुला — नेपाल राष्ट्र बैंकले दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम सुभारम्भ गरेको छ । शुक्रबार यस अभियानलाई राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् ।

डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड हो : गभर्नर अधिकारी

यस अभियानले वित्तीय साक्षरता र डिजिटल भुक्तानी सम्बन्धी सरोकारवाला निकायका प्रतिनिधिबीच अन्तरक्रिया समेत गरेको थियो । कार्यक्रममा गभर्नर अधिकारीले डिजिटल कारोबार पारदर्शिताको मेरुदण्डको रुपमा रहने बताएका छन् ।

'भ्रष्टाचारमुक्त समाज चाहनु हुन्छ भने नगद कारोबारलाई निरुत्साहन गर्नुपर्छ । नगद कारोबारले आपराधिक क्रियाकलापलाई बढावा समेत दिने गरेको छ,' गभर्नर अधिकारीले भने । पछिल्ला वर्षहरुमा डिजिटल कारोबार तुलनात्मक रुपमा धेरै बढेको गभर्नर अधिकारीको भनाइ थियो ।

उनले क्युआरबाट एक महिनामा ४२ लाख कारोबार भएको पनि जानकारी दिए । जुन अवस्थालाई उनले उत्साहजनक रहेको प्रतिक्रिया दिए ।

डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नका लागि डिजिटल वित्तीय साक्षरता कार्यक्रम संचालनमा ल्याइएको उनको भनाइ छ । नेपाल सरकारको डिजिटल फ्रेमवर्कलाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासका लागि विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । डिजिटल कारोबारमा आउन सक्ने जोखिमप्रति सचेत रहन पनि उनले सबै वित्तीय निकायलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी अधिकृत गुरुप्रसाद पौडेलले डिजिटल भुक्तानी कारोबार पछिल्लो समयमा २ देखि ३ सय प्रतिशत बढेको बताए । उनले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/७९ मा करिब तीन सय प्रतिशत बढेको तथ्यांक प्रस्तुत गरेका थिए ।

प्रकाशित : पुस ८, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?